सिन्धुलीमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबास घर भएका ६९ वर्षीय पूर्णबहादुर दाहाललाई कमलामाई खोलाले बगाएको हो । गोरु किन्न हिँडेका दाहाललाई सोमबार बिहान करिब १० बजेतिर खोलाले बगाएको थियो । उनीसँगै गएका साथीले दाहाललाई खोलाले बगाएको खबर प्रहरीलाई दिएका थिए ।
खोजी गर्ने क्रममा उनको शव करिब दुई किलोमिटर पर फेला परेको थियो । गोरु तार्ने क्रममा उनलाई खोलाले बगाएको जनाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ .





