अरुण खोलामा डुबेर शिक्षकको मृत्यु

नवलपरासीको अरुण खोलामा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

देवचुली नगरपालिका–१५ प्रगतीनगर बस्ने ३० वर्षका कृष्ण सुवेदीको अरुण खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । अत्यधिक गर्मीका कारण खोलाको मुखेढुङ्गा दहमा आफ्ना शिक्षक सहकर्मीसँग सुवेदी पौडी खेल्न गएको जनाइएको छ । उनी नवलपरासीकै जनता सुदर्शन माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।

अत्यधिक गर्मीका कारण पौडी खेल्न जाँदा डुबेर देशभरी कैयौंले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button