स्वर्गद्वारीबाट फर्कदै गरेका तीर्थयात्री सवार गाडी दुर्घटनाग्रस्त, आठको मृत्यु

स्वर्गद्वारीबाट फर्कदै गरेका तीर्थयात्री सवार कार दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ रुमाले नजिकै उक्त कार दुर्घटना हुँदा कारमा सवार सबै आठ जनाको मृत्यु भएको हो । लु १ च ६३४५ नम्बरको कार अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइतेहरुलाई जिल्ला अस्पताल प्युठान लगिएकोमा चिकित्सकहरुले मृत घोषित गरेका थिए । कारका दुई महिला, दुई पुरुष र चार बालबालिका रहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button