बाँकेको मानखोलामा डुबेर दुई जनाको मृत्यु

बाँके जिल्लाको मानखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र सोही गाउँपालिकाका सात वर्षीय किरण नेपालीको खोलामा डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चर्को गर्मीका कारण पोखरी, नदी, खोलामा पौडी खेल्न जाने र डुबेर मृत्यु हुने घटनाहरु पछिल्ला दिनमा अत्यधिक हुँदै आएका छन् ।