किन कारवाहीमा परे मन्त्रालयका एक सय तीन कर्मचारी ?

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको निर्देशनमा सोमबार मन्त्रालयमा छड्के जाँच हुँदा समयमा कार्यालय नआउने एक सय तीन कर्मचारी कारवाहीमा परेका छन् ।

सोमबार बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारीहरु कारबाहीमा परेका हुन् । मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करले छड्के जाँच गरेका थिए । कारवाहीमा परेका कर्मचारीहरूको सोमबारको हाजिरीमा रातो लगाइएको छ ।

कारवाहीमा पर्नेना एक सहसचिव, २३ उपसचिव, ३६ शाखा अधिकृत र बाकिँ नासु तथा सहायकस्तरका कर्मचारी रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button