
जल तथा मौसम विज्ञान विभागले आज देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण धेरै जस्तो स्थानमा बदली रही केही स्थानमा अपरान्हपख वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागको मौसमी बुलेटिन अनुसार अहिले बिहानीपख कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ । कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागले बागमती प्रदेशको तराईका भूभाग र मधेश प्रदेशको पश्चिमी भूभागमा २०८० जेठ ३० गते देखि २०८० असार १ गतेसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।