प्युठान कार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । प्युठानको स्वर्गद्वारीबाट फर्किँदै गरेको कार सोमबार दुर्घटनाग्रस्त हुँदा कारमा सवार सबै आठ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा दाङको लमही-५ घर भएका ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षीया राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् ।
यसैगरी दाङकै तुलसीपुर कोठरी घर भएकी ३४ वर्षीया सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल शर्मा, ९ वर्षीय विकास शर्मा र घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको पनि दुर्घटनामा मृत्यु भएको हो ।
प्युठानको भिंग्रीनजिकै लु १ च ६३४५ नम्बरको कार सडकबाट ५० मिटर तल खसेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution