काङ्ग्रेस सभापति देउवा आज सिङ्गापुर जाँदै

नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा आज सिङ्गापुर जाँदै छन् । उनी आज राति ११ बजे सिङ्गापुर एयरलाइन्समार्फत् प्रस्थान गर्ने जनाइएको छ ।

देउवाको सचिवालयका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका लागि त्यसतर्फ जान लागेका हुन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समय देखि सिङ्गापुरमा उपचार गराउँदै आएका छन् ।

उनी करिब एक सातापछि स्वदेश फर्कने पनि सचिवालयले जनाएको छ । देउवासँगै उनकी पत्नी आरजु देउवापनि सिङ्गापुर जाने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button