एसिसि महिला इमर्जिङ टिम एसिया कप : नेपाल पाकिस्तान ‘ए’ टोलीसँग पराजित

एसिसि महिला इमर्जिङ टिम एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ टोलीसँग ९ रनले पराजित भएको छ ।

हङकङको मिसन रोड ग्राउन्डमा भएको खेलमा नेपाली टोलीले टस जित्दै बलिङ रोज्यो । कसिलो बलिङ गरेको नेपालले १९.२ ओभरमै पाकिस्तानलाई ८७ रनमै अलआउट गर्यो । पाकिस्तानका लागि ओपनर शवाल जुल्फिकरले २८ रन बनाउँदा कप्तान फतिमा सनाले १६ रनको योगदान दिइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३ विकेट लिँदा सीता रानामगर, कविता जोशी र कविता कुँवरको भागमा २-२ विकेट पर्यो ।

प्रतिउत्तरमा ८८ रनको झिनो लक्ष्य पछ्याउन पनि नेपाली महिला टोलीलाई हम्मे हम्मे पर्यो र अनन्त ९ रनले पराजित हुनपुग्यो । निर्धारित २० ओभरमा नेपालले ६ विकेट गुमाउँदै ७८ रन मात्र बनाउन सक्यो । नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले १५ बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको योगदान दिन सकेनन् । पाकिस्तानकी तुबा हसन र सायदा अरुबा शाहले २-२ विकेट लिए ।

८ टोली सहभागी प्रतियोगितामा नेपालको समूहमा भारत-ए, पाकिस्तान-ए र हङकङ रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button