गण्डकी प्रदेशस्तरीय हक्कीमा कास्की विजयी

गण्डकी प्रदेश स्तरीय प्रथम पुरुष हक्की प्रतियोगितामा कास्कीको टोली प्रथम भएको छ ।

प्रदेश खेलकूद परिषद, गण्डकीको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा कास्कीले फाइनलमा तनहुँलाई सडनदेथमा हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेलमा २-२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुवैतर्फबाट एक एक गोलको बराबरी पछि भएको सडनडेथमा कास्कीले १-० गोलअन्तरले बाजी मारेको हो ।

प्रतियोगितामा तनहुँ, कास्की, स्याङ्जा, पर्वत र बाग्लुङका टोलीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः२० हजार र १० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र जिते भने सान्तवना पुरस्कार स्वरुप सम्पुर्ण सहभागी टिमलाई ५-५ हजारका दरले पुरस्कृत गरिएको छ । पुरस्कार वितरण तथा समापन कार्यक्रम प्रदेश सांसद प्रकाश बरालको प्रमुख आतिथ्यता तथा कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसीको सभापतित्व र राजन पौड्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button