सिरियामा अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना, २२ सैनिक घाइते

उत्तरपूर्वी सिरियामा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा २२ सैनिक घाइते भएका छन् ।

आइतबार भएको दुर्घटना बारे थप जानकारी नखुलेपनि १० सैनिकको अवस्था गम्भीर रहेको जनाइएको छ । मध्यपूर्वमा अमेरिकी फौज नियमन गर्ने सेन्ट्रल कमाण्डका अनुसार दुर्घटनामा कुनै शत्रु फौजको संलग्नता देखिएको छैन । घटना बारे अनुसन्धान भने भइरहेको कमाण्डले जनाएको छ ।

सिरियामा हाल करिब ९ सय अमेरिकी सैनिक रहेको जनाइएको छ । सिरियामा अमेरिकी सेना र आइसिस लडाकुबीच बेलाबेलामा लडाइँ भइरहने गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button