फेवाताल सिरानको ८० रोपनी प्लटिङमा पोखरा महानगरले चलायो डोजर

पोखरा, ३० जेठ । पोखराको फेवातालको सिरान तर्फको सिमसार क्षेत्र पुरेर बनाइएका प्लटिङमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ ।

उक्त क्षेत्रमा बनाइएका नयाँ तथा पुराना प्लटिङमा नगर प्रहरीको टोलीले मंगलबार डोजर लगाएर भत्काएको हो ।

सिमसार क्षेत्र पुरेर खुलेआम प्लटिङ भइरहँदा पनि महानगर मुकदर्शक बनेको भन्दै सर्वत्र आलोचना भएपछि महानगरका मेयर धनराज आचार्यले सिमसार क्षेत्रका सबै प्लटिङ भत्काउन निर्देशन दिएका हुन् ।

मेयर आचार्यको निर्देशनपछि सिमसार क्षेत्रको ८० रोपनी क्षेत्रफलको प्लटिङमा मंगलबार डोजर लगाएर  भत्काउने काम भएको महानगरका नगर प्रहरी सई पुरुषोत्तम थापाले बताए ।

सिमसार क्षेत्र पुरेर जग्गा सम्माउने तथा प्लटिङ गर्ने कार्यले तिब्रता पाएको समयमा महानगरले यो कदम चालेको हो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button