राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्य समस्या, अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा समस्या भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका छन् ।
उनलाई मंगलबार बिहान भर्ना गरी थप उपचार भइरहेको जनाइएको छ । छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान ७ बजे उनी गंगलाल हृदय रोग केन्द्र पुगेका थिए । अस्पतालमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको छ भने उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।
राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ । पौडेल वैशाखमा उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल गएका थिए ।