बिपोरजोए चक्रवात अपडेट : जमिन आइपुग्नु अघि नै सातको मृत्यु

बिपोरजोए नामक अत्यन्त शक्तिशाली चक्रवातले जमिन पुग्नु अघि नै सात जनाको ज्यान लिएको छ ।

अरबी सागरमा उत्पत्ति भएको उक्त चक्रवातले बिहीबार साँझ भारतको गुजरात र पाकिस्तानको कराँचीबीचको भूभागमा ल्यान्डफल अर्थार भारी वर्षा गराउने अनुमान गरिएको छ । चक्रवात नजिकिदै गर्दा भारत र पाकिस्तान दुवै देशले प्रभाव पर्न सक्ने तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न शुरु गरिसकेका छन् । भारतमा साढे २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने पाकिस्तानले भोलि बिहानसम्म एक लाख मानिसलाई सुरक्षित सेल्टरमा लैजाने तयारी गरेको छ ।

आँधी नजिकिदै गर्दा आएको हुरीबतासले भारतको कच र राजकोटमा तीन जनाले ज्यान गुमाएका छन् । हुरीबतासले रुख उखेलेर र घरको भित्ता भत्काउँदा उनीहरुको मृत्यु भएको जनाइएको छ । यसैगरी उर्लदो छालले डुबाएर जुहु बीचमा चार जना बेपत्ता भएकोमा दुई जनाको शव फेला परेको छ भने अन्य दुईको खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चक्रवातका कारण भारतका दुई ठूला बन्दरगाह : कान्ड्ला र मुन्द्राले आफ्नो सबै काम कारवाही बन्द गराएका छन् । रिलायन्स उद्योगद्वारा सञ्चालित विश्वकै ठूलो कच्चा तेल रिफाइनरी पनि बन्द भएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button