पोखरामा अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर गएपछि

  • पोखरा न्यूज
  • २०८० जेष्ठ ३०
पोखरामा अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर गएपछि

पोखरा । पोखरामा भएको वनरक्षकको शारीरिक तन्दुरुस्ती परीक्षामा अरुकै नाममा परीक्षा दिन जाने दुई जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-१५ फुलवारीस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परीसरबाट जुम्ला चन्दननाथ – ९ वयलकाटीयाका १८ वर्षीय एक बालक र  जुम्ला सिन्जा गाउपालिका -३ लुम घर भएका २५ वर्षीय पदम बुढा पक्राउ परेका हुन् ।

परीसरभित्र संचालन भइरहेको लोकसेवा आयोगको वनरक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा अरुकै नाममा परीक्षा दिइरहेको अवस्थामा मंगलबार उनीहरु पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

उनीहरु सक्कली परीक्षार्थीहरूको सक्कल नागरिकतामा आ-आफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएका थिए  । शिक्षा ऐन सम्बन्धी मुद्दामा  पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस