यार्सागुम्बा टिप्न गएकी बालिकाको हिउँमा चिप्लिएर मृत्यु

दार्चुलामा यार्सागुम्बा टिप्न गएकी एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ ।

दार्चुलाको व्यास गाउँपालिकाको हुमदुम्तीमा चिप्लिएर सोही गाउँपालिकामा घर भएकी १४ वर्षीया आरती कार्कीको मृत्यु भएको हो । आइतबार हिउँमा चिप्लिएर घाइते भएकी उनलाई जिल्ला अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि भारतको अस्पताल रिफर गरिएकोमा अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जनाइएको छ । मृतक कार्की कक्षा ६ मा अध्ययनरत रहेको उनको परिवार स्रोतले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button