विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन हुने

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ ।

आयोगले यही साउनदेखि कतार, युएई, साउदी अरब, बहराइन, कुवेत, मलेसियालगायत देशमा पहिलो चरणको नामावली संंकलन गर्ने जनाएको छ । साउन १ देखि नै सम्भाव्य देशमा नामावली संकलन थाल्ने गरि आयोगले आन्तरिक तयारी गरेको आयोगका प्रमुख दिनेशकुमार थपलियाले जानकारी दिए ।

वि.सं २०७४ को चैतमा सर्वोच्च अदालतले विदेशमा रहेका लाखौं नेपालीलाई समेट्न नसक्ने निर्वाचनलाई पूर्ण रूपमा जनअनुमोदित मान्न नसकिने तर्क पेश गरेको थियो । सर्वोच्चले आवश्यक कानुनी र अन्य पूर्वाधार व्यवस्था विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरि निर्देशन दिएको थियो ।

उक्त निर्देशनको ६ वर्षपछि सरकार र आयोगले विदेशम रहेका नेपालीलाई निर्वाचनमा समेट्न प्रयास थाल्न लागेको हो । मतदाता नामावली संकलन भए पनि उनीहरुलाई कसरी निर्वाचनमा सहभागी गराउने भन्ने बारे भने कुनै कानुनी वा पुर्वाधारको व्यवस्था बनेको छैन ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button