विश्वकप छनोटको पहिलो अभ्यास खेलमा नेपाल युएईसँग पराजित

विश्वकप छनोटको पहिलो अभ्यास खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ ।

जिम्बाबेको हरारे खेल मैदान भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १० विकेटको क्षतिमा २७७ रन बनाएको थियो । प्रतिउत्तरमा ४९.५ ओभरमा युएइले ७ विकेटको क्षतिमा २७८ रन बनाउँदै तीन विकेटले खेल जितेको हो । युएईको जीतका लागि अन्तिम ओभरमा १ रन मात्र चाहिएको अवस्थामा नेपालले दुई विकेट लिएर पुनरागमन गरे पनि अनन्त नेपाल तीन विकेटले हार्न पुग्यो ।

अब नेपालले दोस्रो अभ्यास खेल ओमानसँग खेल्नेछ । विश्वकप छनोटका खेलहरु भने आगामी असार ३ गतेबाट सुरु हुँदैछन् । प्रतियोगितामा नेपालसहित दश टोलीको सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा आयोजक जिम्बावेसहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । समूहको शीर्ष ३ मा रहने टोली सुपर सिक्समा पुग्नेछन् भने सुपर सिक्सका शीर्ष दुई टोली एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button