आजको मौसम : देशका विभिन्न स्थानमा आवधिक वर्षाको सम्भावना

#जल तथा मौसम विज्ञान विभागले आज देशमा पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण धेरै जस्तो स्थानमा बदली रही केही स्थानमा छिनछिनमा आवधिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले बिहानीपख कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू साथै मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

आज राती कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले बागमती प्रदेशको तराईका भूभाग र मधेश प्रदेशको पश्चिमी भूभागमा २०८० जेठ ३० गते देखि २०८० असार १ गतेसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button