१२ वर्षपछि संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोह हुँदै, प्रम दाहाल जाने

१२ वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोह आज हुँदैछ । दाङको बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा पाँचौ दीक्षान्त समारोह हुन लागेको हो ।

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ जाने भएका छन् । प्रम दाहालसँगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलगायतको टोली पनि दाङ जाने कार्यक्रम रहेको छ ।

आज बिहान साढे ११ बजे तय गरिएको दीक्षान्त समारोहको कार्यक्रमबाट ५ सय ७५ जना विद्यार्थी दीक्षित हुने जनाइएको छ । समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गरिने विश्वविद्यालयका उपकुलपति प्रा‍.डा. यादवप्रकाश लामिछानेले जानकारी दिएका छन् ।

 

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button