काठमाडौंमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौंको जडिबुटीमा बा २ ख ३४३६ नम्बरको टिप्परले बागमती प्रदेश-०२-०२६प २१२१ नम्बरको मोटरसाइकललाई मङ्गलबार राति सवा ९ बजे ठक्कर दिएको थियो । घटनामा मोटरसाइकलमा सवार दोलखा शैलुङ गाउँपालिका घर भई कोटेश्वर बस्ने ३० वर्षीय झनकबहादुर थापा मगरको मृत्यु भएको हो ।

दुर्घटनामा काठमाडौं महानगरपालिका ५ बस्ने मोटरसाइकल चालक ४० वर्षीय कुमार थापा मगर घाइते भएका छन् । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टिप्पर चालक ३० वर्षीय हिरा गुरूङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button