साढे ५४ लाख रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ

हेटौंडामा ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५६१.३० ग्राम सुनसहित वीरगञ्जका २२ वर्षीय किसन शाहलाई नियन्त्रणमा लिएको हो । शाह जुत्ताभित्र लुकाएर उक्त परिमाणको सुन ल्याउँदै गर्दा आज बिहान करिब ३ बजे हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टबाट पक्राउ परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।