नेपाल मेडिकल कलेजमा तोडफोड, ओपिडी सेवा बन्द

काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज टिचिङ अस्पतालमा मङ्गलबार तोडफोड भएपछि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

बुधबार एक सूचना जारी गर्दै अस्पताल प्रशासनले तोडफोडमा संलग्नलाई कारबाही र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको हो । सूचनामा उत्तेजित भीडले मङ्गलबार साँझ ५ बजे अस्पताल परिसरमा नाराबाजी, हुलहुज्जत र अस्पताल तोडफोड जस्ता अवाञ्छित गतिविधि भएको जनाइएको छ ।

सूचनामा चिकित्सक तथा कर्मचारीलाई कुट्ने, अप्रिय शब्द प्रयोग गर्ने, अस्पतालको सेवा अवरुद्ध गर्ने जस्ता गतिविधि भएको भन्दै दोषीलाई कारवाही नभए सम्म ओपिडिका सबै सेवा बन्द गरिने जानकारी गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button