अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा आयो

अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा आएको छ । उक्त सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएपछि १६ घण्टादेखि यातायात सञ्चालन अवरुद्ध भएको थियो ।

उक्त स्थानमा हाल कालीगण्डकी करिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रुपमा खोलामा सवारी वारपार गर्ने व्यवस्था मिलाएको छ । यातायात अवरुद्ध भएपछि मङ्गलबार राती १० बजेदेखि रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यस अघि गत जेठ ६ गते रातिको बाढीले भुरुङ्गतातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । उक्त स्थानमा ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएकोमा हिजोको वर्षासँगै आएको बाढीले ह्युमपाइप पनि बगाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button