कीर्ते कागजात पेश गरी नागरिकता बनाउन खोज्ने एक भारतीयसहित दुई पक्राउ

कीर्ते कागजात पेश गरी नागरिकता बनाउन खोज्ने एक भारतीयसहित दुई जना पक्राउ परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडा घर भएका ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत आसाम बस्ने उनका २२ वर्षीय भतिजा सुमित आङदेम्बेलाई पाँचथर प्रहरीले हिजो मङ्गलबार नियन्त्रणमा लिएको हो । उनीहरुले पहिले पनि गंगाप्रसाद र सुमितले यसअघि पनि पटक पटक नागरिकता बनाउने प्रयास गरेको प्रहरीले उल्लेख गरेको छ ।

दुवैलाई प्रहरीले बुधबार जिल्ला अदालत पाँचथरमा पेश गरी म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button