ललितपुरमा प्रहरी माथि नै चक्कु आक्रमण

ललितपुरको पाटन क्याम्पस नजिकै प्रहरीमाथि नै चक्कु आक्रमण भएको छ ।

पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनमा प्रहरी जवान माथि एक युवकले चक्कु पेअहार गरेका हुन् । चक्कु प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चक्कु प्रहारबाट प्रहरी जवान सामान्य घाइते भएको जनाइएको छ । ती युवकले किन प्रहरी माथि किन आक्रमण गरे भन्ने बारे खुलेको छैन ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button