मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु

मकवानपुरमा करेन्ट लागेर २ जनाको पुरुषको मृत्यु भएको छ ।

मकवानपुरको बकैया-८ गोठडाँडा घर भएका ६० वर्षीय खर्क बहादुर थिङ र ५० वर्षीय पूर्ण बहादुर लोको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय जित बहादुर बम्जनको मकै बारीमा विद्युतको नाङ्गोतारबाट करेन्ट प्रवाह भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु दुवैको घटनास्थल मै मृत्यु भएको थियो । मृतकको शव हेटौंडा अस्पताल ल्याइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button