
सिन्धुलीको बिचित्रा खोलामा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका-१ बस्ने माया परियारको ६ वर्षीय छोराको बिचित्रा खोलाको ढुङ्रे दहको बाढीमा डुबेर मृत्यु भएको हो । बालकको शव हिजो अबेर दहबाट स्थानीयहरुले निकालेका थिए ।
बालक कसरी डुबे भन्ने बारे अनुसन्धान भइरहेको जनाइएको छ ।