प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाई हुँदै

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाई शुरु भएको छ ।

बुधबार उजुरीकर्तासँग छलफल गरेपश्चात् आज बिहान ८ बजेबाट सुनुवाइ शुरु भएको हो ।उनीविरुद्ध ३८ जनाले दिएको २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो । समितिको बैठकमा बिहान सवा ८ बजेपछि आइपुगेका कार्कीले हाल ती उजुरी बारे जवाफ दिइरहेका छन् ।

कार्कीले आफू २०४० सालमा कानुन व्यवसायमा प्रवेश गरेको र हालसम्म ५५८६ मुद्दा फैसला गरेको जानकारी गराए । वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो ।

हाल कायम मुकायम रहेका कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button