सुनचाँदीको मूल्यमा गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको जनाएको छ । मूल्यसूची तय गर्दै महासंघले बुधबारको तुलनामा बिहीबार मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै  छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ तय भएको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button