नाबालिकालाई दुर्व्यवहार गर्ने युवक पक्राउ

नाबालिकालाई दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले नाबालिकालाई ग्रुमिङ गरि दुर्व्यवहार गरेको आरोपमा कन्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ बस्ने १८ वर्षीय विनोद सुनारलाई पक्राउ गरेको हो । ती युवकले बालिकालाई सामाजिक सञ्जालमार्फत मित्रता कायम गरि भएको कुराकानीलाई सम्पादन गरि अश्लील तस्वीर तथा भिडियो जोडी नाबालिकाको परिवार तथा आफन्तलाई पठाएको प्रहरी जनाएको छ ।

सुनारलाई प्रहरीले कन्चनपुरबाटै पक्राउ गरेको हो । उनलाई पाँच दिन म्याद थप गरि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button