पहिरोले पुरिएर युवकको मृत्यु

नुवाकोटमा पहिरोले पुरिएर एक युवकको ज्यान गएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुर्दा बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको मृत्यु भएको हो । उनको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल नुवाकोट लगिएको जनाइएको छ ।