
फिलिपिन्ससँगको मैत्रीपुर्ण खेलमा नेपालले १-० गोल अन्तरको हार बेहोरेको छ ।
साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स पुगेको नेपाली टोलीले अभ्यास खेलमा हार बेहोरेको हो । खेलको ४९ औं मिनेटमा जार्भी गायसोले फिलिपिन्सका लगि गरेको गोल नै दुई टोलीबीचको अन्तर बन्न पुग्यो । नेपाली टोलीले खेलमा फर्कन प्रयास गरे पनि गोल गर्न सकेन र अनन्त खेल १-० ले गुमाउन पुग्यो ।
जुन २१ देखि जुलाई ४ सम्म भारतको बैंग्लोरमा हुने साफ च्याम्पियनसिपमा भाग लिन अब नेपाली टोली फिलिपिन्सबाटै भारत प्रस्थान गर्नेछ । आजको खेलमा नेपालका लागि लाकेन लिम्बू र विमल पाण्डेले डेब्यु गरेको थिए ।