काठमाडौं महानगरले हटाउन थाल्यो बसपार्क बाहिरका टिकट काउन्टर

काठमाडौं महानगरले बसपार्क बाहिर रहेका विभिन्न यातायात कम्पनीका टिकट काउन्टर हटाउन सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाले यसअघि सूचना जारी गरेर असार १ गतेदेखि सबै सार्वजनिक यातायातका टिकट काउन्टरहरू बसपार्कभित्रै राख्नुपर्ने र त्यहीँबाट टिकट काट्नुपर्ने जनाएको थियो । सोही निर्देशन अनुसार नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टरहरु नगर प्रहरीले हटाउन थालेका हुन् ।

आज महानगरले बालाजु बसपार्क वरपरका काउन्टर हटाएको छ भने कलंकी, गौशाला, कोटेश्वर लगायतका स्थानका काउन्टर हटाउने पनि तयारी गरेको छ । यातायात व्यवसायी भने महानगरको यस निर्णयविरुद्ध आन्दोलित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button