संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित, आजै सपथको तयारी

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदित गरेको छ ।
वैशाख २५ गते प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीले आफूविरुद्ध परेमा २९ वटा उजुरीबारे समितिका सदस्यहरूले गरेको प्रश्नको उत्तर दिएपछि उनलाई समितिले अनुमोदित गरेको हो । उनले आज आफ्नो अनुभव कार्ययोजना पनि पेश गरेका थिए । प्रधानन्यायाधीश नियुक्त कार्कीले आजै सपथ लिने तयारी गरिएको छ ।
समितिबाट कार्कीको नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयले प्राप्त गरेपछि सपथको तयारी गरिनेछ । प्रधानन्यायाधीश नियुक्त भएका कार्कीको पदावधि भने केवल ५० दिनको हुनेछ । उनी साउन १९ गते देखि अवकाशमा जाँदैछन् ।