दाङमा जीप दुर्घटना, चालकको मृत्यु

दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दाङको तुलसीपुरबाट रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको यात्रुवाहक जीप तुलसीुर उपमहानगरपालिका-३ शिरखोला नजिकै दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी रोल्पाको गंगादेव गाउँपालिका-१ घर भएका जीप चालक विष्णु पुनको मृत्यु भएको छ । ३२ वर्षीय पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

जीप सडकबाट करिब ६० मिटर तल खस्दा जीपमा सवार अन्य १० यात्रु घाइते भएका छन् । गम्भीर घाइते भएका चार जनालाई बाँकेको कोहपुर मेडिकल कलेजका लागि रिफर  गरिएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

जीप तीव्र गतिका कारण सडकबाट खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button