नक्कली भुटानी शरणार्थी प्रकरणमा सकियो थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा वादी प्रतिवादी दुवैतर्फको थुनछेक बहस सकिएको छ ।

थुनछेक बहसका क्रममा सरकारी वकिलहरुले आरोपितहरुलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् । प्रतिवादीहरुलाई रिहा गरेमा पीडित असुरक्षित बन्ने र प्रमाणसमेत गायब गर्न प्रयास हुने बताउँदै आरोपितहरुलाई थुनामा राख्नुपर्ने माग गरेका थिए । सरकारी वकिलका तर्फबाअत सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने, जिल्ला न्यायाधिवक्ताहरु महेश खत्री तथा लक्ष्मण घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जावाफी बहस गरेका थिए ।

यसैगरी जाहेरीवालाकोतर्फबाट पनि स्वागत नेपाल र ध्रुवलाल श्रेष्ठले प्रतिवादीहरुलाई बाहिर छाड्दा खतरा हुने भन्दै थुनामै राख्न माग गरेका थिए । १८ प्रतिवादीका तर्फबाट अघिल्ला तीन दिनसम्म विभिन्न वकिलहरुले बहस गरेका थिए ।

बहस सकिएसँगै थुनछेक बारे आजै निर्णय दिने तयारी गरिएको छ । बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आजै निर्णय दिने प्रयास गर्ने बताएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button