इमेज बचतका पिडितलाई सम्पर्कमा आउन कास्की प्रहरीको आग्रह

पोखरा, ०१ असार । कास्की प्रहरीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पिडितलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ०८ सिमलचौरमा रहेको उक्त संस्थामा  रकम जम्मा गरी फिर्ता नपाएका पिडितहरुलाई रकम जम्मा गरेको प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न  भनेको हो ।

प्रहरीले सार्वजनिक सूचनामार्फत पिडित बचतकर्ताहरुलाई आ-आफ्नो नागरिकता, रकम जम्मा गरेका पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतका सक्कल कागज पत्रसहित उपस्थित हुनुपर्ने उल्लेख गरेको छ  ।

उक्त सहकारीबाट रकम हिनामिना गरी बचत रकम फिर्ता नगरेको भन्दै हरीबहादुर खत्री लगायतले दिएको जाहेरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा सहकारी ऐन बमोजिम  कसुर गरेको खुलेको र थप अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button