उड्डयन प्राधिकरणले किन माग्यो मेयर बालेनसँग स्पष्टीकरण ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका मेयर बालेनसँग सात दिने लिखित स्पष्टीकरण माग गरेको छ ।

प्राधिकरण नाममा दर्ता भई विमानस्थल क्षेत्रको रुपमा रहेको जग्गामा नगर प्रहरी उपरीक्षक राजु पाण्डेसमेतले कानुन विपरीत फेन्सिङ तारबार काटेको आरोप लगाउँदै प्राधिकरणले लिखित स्पष्टीकरण माग गरेको हो । प्राधिकरणका कर्मचारीले अवरोध गर्न खोज्दा जबर्जस्तीपूर्वक तारबार काटेको भन्दै उक्त कार्यमा मेयर बालेन शाहको पनि प्रत्यक्ष संग्लनता रहेको सूचनामा उल्लेख गरिएको छ ।

प्राधिकरणका उपप्रबन्धक प्रकाश चन्द्र शर्माद्वारा हस्ताक्षरित सूचनामा सात दिन भित्र स्पष्टीकरण पेश नगरे कानुन बमोजिम जाने चेतावनी पनि दिइएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button