प्रधानन्यायाधीशको सपथ साँझ सवा पाँच गर्ने तयारी

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पद तथा गोपनियताको सपथ आज साँझ सवा पाँच गर्ने तयारी भएको छ ।

राष्ट्रपति कार्यालयले संसदीय समितिबाट आज शुक्रबार नै सर्वसम्मतले अनुमोदित प्रधानन्यायाधीशको सपथको तयारी गरेको हो । दुई दिनसम्म संसदीय समितिले प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका उजुरीको सुनुवाई गरेपश्चात् उनी अनुमोदित भएका दिए ।

कायम मुकायम प्रधानन्यायाधीशका रुपमा रहेका कार्कीको प्रधानन्यायाधीशका रुपमा कार्य अवधि भने ५० दिनको मात्रै हुने भएको छ । उनी साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button