अघिल्लो वर्ष भन्दा साढे दुई अर्बले घटेर आयो गण्डकी प्रदेशको बजेट

अघिल्लो आर्थिक वर्ष भन्दा साढे दुई अर्बले घटाएर गण्डकी प्रदेशको बजेट संसदमा पेश भएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट शुक्रबार संसदमा पेश गरेका हुन् । अघिल्लो वर्ष ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

केन्द्रका विपरीत प्रदेशमा भने पुँजीगत खर्च नै धेरै छ भने चालू खर्च ३८ प्रतिशतको हाराहारी हुने देखिन्छ जस अनुसार पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ ।

मन्त्री मगरका अनुसार बजेटले दीगो, फराकिलो उच्च आर्थिक वृद्धि, उत्पादन र उत्पादकत्वमा जोड, कर वृद्धि भन्दा विस्तारतर्फ जोड दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button