गण्डकी प्रदेशमा रंगशाला तथा खेलमैदान निर्माणका लागि साढे सात करोड विनियोजन

गण्डकी प्रदेशमा रंगशाला तथा खेलमैदान निर्माणका लागि साढे सात करोड विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि आज सार्वजनिक गरिएको बजेट वक्तव्य अनुसार गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको कभर्डहलको सम्भाव्यता अध्ययन, कृकेट रङ्गशाला, उच्च उचाई तालिम केन्द्र, एक स्थानीय तह-एक खेल मैदान, जिल्लास्तरमा रङ्गशाला र विभिन्न खेलमैदान निर्माणका लागि ७ करोड ५५ लाख बजेट बिनियोजन भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसैगरी “खेल्छ गण्डकी” कार्यक्रमलाई निरन्तरता, “सबैका लागि खेलकुद” भन्ने नाराका साथ विद्यालयदेखी नै खेलकुद गतिविधि सञ्चालन गर्ने, “उद्यमी युवा, समृद्ध प्रदेश निर्माणमा टेवा” भन्ने नारा साकार पारिने बजेटमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button