गण्डकी प्रदेशमा रंगशाला तथा खेलमैदान निर्माणका लागि साढे सात करोड विनियोजन

गण्डकी प्रदेशमा रंगशाला तथा खेलमैदान निर्माणका लागि साढे सात करोड विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि आज सार्वजनिक गरिएको बजेट वक्तव्य अनुसार गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको कभर्डहलको सम्भाव्यता अध्ययन, कृकेट रङ्गशाला, उच्च उचाई तालिम केन्द्र, एक स्थानीय तह-एक खेल मैदान, जिल्लास्तरमा रङ्गशाला र विभिन्न खेलमैदान निर्माणका लागि ७ करोड ५५ लाख बजेट बिनियोजन भएको हो ।

यसैगरी “खेल्छ गण्डकी” कार्यक्रमलाई निरन्तरता, “सबैका लागि खेलकुद” भन्ने नाराका साथ विद्यालयदेखी नै खेलकुद गतिविधि सञ्चालन गर्ने, “उद्यमी युवा, समृद्ध प्रदेश निर्माणमा टेवा” भन्ने नारा साकार पारिने बजेटमा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button