शरणार्थी प्रकरणमा बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्न अदालतको आदेश

शरणार्थी प्रकरणमा बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले दुवैतर्फको थुनछेक बहस सुनेपश्चात् १६ जनालाई पूर्पक्षका लागि राख्न आदेश दिएको हो । अदालतले यसै प्रकरणमा संलग्न भनिएका लक्ष्मी महर्जन र टङ्क गुरुङलाई क्रमशः ५ लाख र १० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले थुना पठाउने आदेश दिएको प्रतिवादीहरुमा टोपबहादुर रायमाझी, बालकृषण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई, टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी र हरिभक्त महर्जन रहेका छन् ।

प्रकरणमा अझै १२ जना फरार नै रहेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button