पोखराको फेवातालमा भोलि जलकुम्भी सफाई कार्यक्रम

पोखराको फेवाताल संरक्षणका लागि भोलि शनिबार जलकुम्भी सफाई कार्यक्रम हुने भएको छ ।

फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा महानगरपालिका तथा नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाभियानद्वारा संयुक्त रूपमा जलकुम्भी सरसफाई कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा सहभागी हुन महानगरले सम्पुर्ण महानगरवासीलाई अनुरोध गरेको छ ।

बिहान ७ बजे देखि ९ बजेसम्मका लागि हुने सरसफाई कार्यक्रम खपौंदी देखि भकुण्डे जाने बाटोसम्म हुने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button