
नारायणी नदीमा डुबेर भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।
भारतको अयोध्याबाट नेपाल घुम्न आएका २२ वर्षीय प्रदीप शर्माको नारायणी नदीमा स्नान गर्ने क्रममा मृत्यु भएको हो । उनी अज दिउँसो १२:४५ बजे आफ्नो समूहासँगै नुहाउन नदीमा पसेकोमा शर्मा बेपत्ता भएका थिए ।
मृतक शर्मको शव करिब ५ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।