इमेज बचत सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा

प्रहरीले इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र कर्मचारी लालमति रोकालार्ई प्रहरीले नियन्त्रणमा लिएको हो । बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई प्रहरीले कालो सूचीमा राखेर खोजी गरिरहेको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर १, बागलुङ नगरपालिका–२ र पोखरा–७ सिर्जनाचोकमा कार्यालय रहेको सहकारीका बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । यसैबीच आज कास्की प्रहरीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितलाई सप्रमाण सम्पर्कमा आउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकको यात्रा अनुमति पनि रद्द गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button