करेन्ट लागेर दुई युवकको मृत्यु

रौतहटमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ । ट्युबेलबाट पानी तान्ने क्रममा विद्युतीय मोटरबाट करेन्ट प्रवाहित हुँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रौतहटको बौधीमाई नगरपालिका-५ कोपवा बस्ने २५ वर्षीय अरुण साह र २४ वर्षीय सिताबी पण्डित रहेको प्रहरीले जनाएको छ । साहलाई करेन्ट लागेको देखेपछि बचाउन आएका पण्डितलाई पनि करेन्ट लागेको थियो ।

उनीहरुलाई तत्कालै उपचारका लागि स्थानीय क्लिनिक लगिएपनि त्यहाँबाट प्रादेशिक अस्पताल गौर रिफर गरिएको थियो । गौर अस्पतालमा राती करिब १० बजे चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button