राष्ट्रपति पौडेललाई फेरि स्वास्थ्य समस्या, त्रिवि शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति पौडेललाई फेरि स्वास्थ्य समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ । मुटुमा समस्या देखिएपछि गत मङ्गलबार मात्रै शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उनको एन्जियोग्राम गरिएको थियो ।

पौडेललाई के भएको हो र उनको पछिल्लो अवस्था के छ भन्ने बारे जानकारी दिइएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button