नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको तयारी अन्तिम चरणमा

पोखरामा पहिलो पटक हुन लागेको नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते ड्रागन बोट रेस फेस्टिभल गर्न लागिएको हो । यसले पोखरामा चिनियाँ पर्यटक आगमन वृद्धि सहित नेपाल चीनबिचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । यस फेस्टिभलमा नेपालका सातै वटा प्रदेश र चिनियाँ समेत गरी १ सय २० जना प्रतियोगी सहभागी हुनेछ ।

नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा चीनको लिङजी नगरबाट नगर उपप्रमुख सहित ६० जनाको टोली चार्टर विमानमा पोखरा आउने तयारी गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय उडान हो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button