पोखराको फेवातालमा जलकुम्भी झार सफाई अभियान

पोखराको फेवातालमा जलकुम्भी झार सफाई अभियान आयोजना गरिएको छ ।

फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा महानगरपालिका तथा नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाभियानद्वारा संयुक्त रूपमा जलकुम्भी सरसफाई कार्यक्रम गरिएको हो । शनिबार बिहान ७ बजे देखि ९ बजेसम्मका लागि भएको सरसफाई कार्यक्रममा खपौंदी देखि भकुण्डे जाने बाटोसम्म तालबाट जलकुम्भी निकालिएको थियो ।

सरसफाई कार्यक्रमम पोखराका विभिन्न संघसंस्था, क्लबलगायत सर्वसाधारणको उल्लेख उपस्थिति थियो । सरसफाईमा नेपाली आर्मीको टोली पनि सहभागि भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button